सप्तरीमा एक बृद्ध दम्पतिको ज्यूँदै जलाएर हत्या
वि.सं.२०७५ फागुन १४ मंगलवार १६:५०
shares

सप्तरी। सप्तरीमा ज्यूँदै आगो लगाएर एक बृद्ध दम्पतिको हत्या भएको छ।
खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए।
मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोको नखुलेको र घरको झ्यालबाट धुवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घट्नास्थल पुगेर घरको ढोका तोडेर भित्र पस्दा जलेको अवस्थामा दुबैको शव फेला परेको हो।
साह दम्पतिको हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन। हत्यारा पत्ता लगाउन तालिम प्रााप्त कुकुर सहित टोली परिचालन गरिएको छ। घटना स्थलमा रगतको छिटा समेत भेटिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले बताएका छन्। मृृतक साह व्याजमा रकम लगानी गर्दै आएको स्थानीयहरुले बताएका छन्।































