धनुषामा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
वि.सं.२०७५ फागुन १५ बुधवार ११:१६
4.93K
shares
shares

धनुषा । धनुषाको ढल्केवरमा बस र ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी शुभकला मण्डल र भारत बिहार मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा काकरभिट्टाबाट रौतहटको गौरतर्फ जाँदै गरेको ना५ख ४९६ नम्बरको बस र हेटौंडाबाट इटहरीतर्फ जाँदै गरेको ना६ख ९४२९ नम्बरको ट्रक ढल्केवरस्थित ट्राफिक कार्यालय नजिक बुधबार बिहान करिब दुई बजे आपसमा ठोक्किएर दुर्घटना भएको हो। घाइतेहरूको लालगढ मेडिकल र भोगेन्द्र मेडिकलमा उपचार भइरहेको छ।































