डडेल्धुरामा आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते

4.42K
shares

डडेल्धुरा। आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएकी छिन।

मङ्गलबार राति करीब ८ बजे गोदाम बजार स्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ वर्षीया छोरी आरतीको मृत्यु भएको छ भने अर्का जेठी छोरी ११ वर्षीया निरुता गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

गम्भीर घाइते निरुता लाई थप उपचारका लागि काठमाडौँ लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए।

उत्तम थापाको किराना पसलबाट शुरु भएको आगलागीबाट सँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा पनि आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। आगो कसरी लाग्यो भन्ने कुरा खुल्न सकेको छैन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083