सर्लाहीमा एक युवकको गोली हानी हत्या

4.47K
shares

सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ।

गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आज बिहान स्थानीय वासीले प्रहरीलाई जानकारी गराएका थिए।

घटनामा संलग्नको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टराईले जानकारी दिए। मृतकको मोबाइल समेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरी उपरीक्षक भट्टराईले बताए। घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको उनले बताए।

गए राति ९ बजे मृतक यादव घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाए पछि दाइ घरबाट निस्केको मृतकका बहिनीले जनाएकी छिन्। सदरमुकाम मै गोली हानी हत्या भए पछि अहिले मलङ्गवाका स्थानीयवासी त्रसित बनेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083