आज महाशिवरात्रि, पाँच हजार सुरक्षाकर्मी परिचालन

9.61K
shares

काठमाडौँ। महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका क्रमम हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो।

कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ। विगत वर्षमा मूल सभा समिति बाट नै सम्पूर्ण व्यवस्था हुन्थे । यस वर्ष एउटा एउटा विषयगत उपसमितिको गठन भई सेवा दिइने भएको कोषले जनाएको छ।

त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ। हंसमण्डप,वनकालीको खुला स्थान,तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ। आवास क्षेत्रमा १०० संस्थाले निः शुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाइएको छ।

पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तहरुलाई फागुन २२ गते दानदक्षिणका साथ बिदाइ गरिने कोषले जनाएको छ। यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083