काठमाडौं आसपासका जिल्लामा भूकम्पको धक्का
वि.सं.२०७५ चैत ४ सोमवार १०:१५
4.82K
shares
shares

काठमाडौं। काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।
सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुर केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो।
राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको बताएको छ।
भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ ।०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो। सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ।






























