मौसममा आंशिक बदली : पहाडी भेगमा मेघ गर्जनसहित छिटफुट वर्षा हुनसक्ने
वि.सं.२०७५ चैत ६ बुधवार १४:४८
4.64K
shares
shares

काठमाडौं । प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा बुधवार पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ।
दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लामो समयसम्म ठूलो वर्षा भने नहुने तथा बिहीवार र शुक्रवार पनि मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।






























