काठमाडौंमा शक्तिशाली भूकम्प
वि.सं.२०७६ वैशाख ११ बुधवार ०९:४९
11.31K
shares
shares

काठमाडौं । काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएकाे छ। भूकम्प मापन केन्द्रले ६:२९ बजे धादिङ केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएकाे जनाएकाे छ।
काठमाडौ आसपासका क्षेत्रमा भूकम्प गए पछि उपत्यकावासी आतंकित बनेका थिए। विहानै उपत्यकामा भूकम्पको धक्का महशुस भए पछि मानिसहरु सडकमा निस्किएका थिए। त्यसकाे दश मिनेटपछि फेरि भूकम्प गएकाे राष्ट्रिय आपतकालीन केन्द्रले जनाएको छ।
२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। त्यस समय करिब १० हजारले ज्यान गुमाएका थिए। त्यस यता भूकम्पका पराकम्प निरन्तर गइ रहेको छ।





















