मदन भण्डारी कलेजको पिननिक जाँदै गरेको बस पल्टियो

२०७६ मंसिर २७ शुक्रवार
945
shares
काठमाडौं । राजधानीको मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ ।
शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाने क्रममा बा ५ख ४२८६ नम्बरको बस पल्टिएको हो । बस सडकमा नै पल्टिएको छ ।
दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये २ जना सख्त छन् भने २० जनाको अवस्था सामान्य छ।
११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले बताए ।

२०७६ मंसिर २७ शुक्रवार