मुख्यमन्त्री गुरुङद्वारा ल्होसारको शुभकामना
वि.सं.२०७६ पुस १५ मंगलवार ०४:२४
shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले आपसी सद्भाव र भ्रातृत्व कायम गर्ने बताएको छ । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।
नयाँ वर्षका रूपमा गुरुङ समुदायले मनाउने पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन् । सांस्कृतिक परम्पराका धनी नेपालका तमु गुरुङ समुदायले सदियौँदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै आइरहेको बताउँदै उनले सन्देशमा भन्नुभएको छ, “यस वर्ष तमुजातिले फो ल्हो मृग वर्गलाई बिदाइ र च्यू ल्हो मुसा वर्गको स्वागत गर्दै नयाँ वर्ष मनाउँदैछन् ।”
गण्डकी प्रदेश सरकारले गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा पुस १५ गते आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।















