मिथिला संस्कृति अध्ययन केन्द्र बन्दै

Nepal Life Insurance Long Ad

जनकपुरधाम । 

मिथिलास्थित सबै समुदायको धरोहरसहितको ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ निर्माणको थालनी गरिएको छ । सोका लागि समस्त देवीदेवताको लघुचित्रसहितको देवलोक एवं मिथिलाको पहिचान, संस्कृति झल्किने भवनको नक्सा तयार गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माणको शिलान्याससमेत भइसकेको सो केन्द्रको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने योजना रहेको छ । मैथिल ब्राह्मण महासभाद्वारा निर्माण भइरहेको सो केन्द्रको भवन छ तलाको हुने महासभाका अध्यक्ष भगवान् झाले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रको पहिलो तल्लामा सभागृह, दोस्रो तल्लामा देवलोक र तेस्रो तल्लामा मिथिला सङ्ग्रहालय रहनेछ । त्यस्तै भवनको चौथो तलामा पुस्तकालय, सङ्गोष्ठी कक्ष र पाँचौँ एवं छैटौँ तला आवासीय हुने बताइएको छ । रु ११ करोडको लागतमा निर्माण हुने सो केन्द्रको भवनका निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले रु पाँच लाख रकम उपलब्ध गराउने र बाँकी रकम चन्दाबाट सङ्कलन गरिनेछ ।

अध्यक्ष झाका अनुसार सो केन्द्रको सञ्चालनबाट प्राप्त आम्दानीले हरेक वर्ष सबै समुदायका गरिब छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने योजना रहेको छ ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...