कुखुरा वितरक सङ्घकाे अध्यक्षमा पाण्डे
वि.सं.२०७७ पुस १० शुक्रवार २०:०१
shares

नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित हुनुभएको छ । सङ्घको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर गुरुङ्, उपाध्यक्षमा क्रमशः प्रकाश चापागाईँ र प्रकाश श्रेष्ठ, महासचिवमा नेत्रनारायण आचार्य, सचिवमा नरेन्द्र अधिकारी र सह–सचिवमा मोहोनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको हो ।
समितिको सदस्यमा त्रिलोचन सुवेदी, गुरुप्रसाद सुवेदी, अनन्त दुवाडी, भरत पाण्डे, प्रेमप्रसाद गैंरे, सुरेशजङ्ग पाण्डे, प्रकाशमणि सापकोटा, इन्द्र क्षेत्री, मोहनबावु श्रेष्ठ, उमेश अधिकारी, सुदर्शन जोशी र राकृष्ण पुरी निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा नेपाल पोल्ट्रि महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले किसानलाई माथि उठाउन नसकेसम्म व्यवसायीको हित हुन नसक्ने बताउनुभयो । किसानको उत्थानका लागि सबै एक भएर काम गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
निर्वाचित भएपछि पाण्डेले सङ्घको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बजारको माग र आपूर्तिका कारण मूल्यमा तलमाथि हुने भएकाले यसमा कसैले मनोपोली गर्न नसक्ने उहाँको भनाइ थियो ।
लिमी पर्यटन गाउँमा छनोट
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा पर्ने ‘लिमी’ गाउँलाई पर्यटन गाउँका रुपमा छनोट गरीएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको छनोटमा लिमी गाउँ आधारमा जिल्लामा पर्यटनको रुपमा विकास छनोट गर्ने निर्णयलाई पारित गरिएको डिभिजन वन कार्यालयका प्रमुख निरज प्रमुख झाले जानकारी दिनुभयो ।
पर्यटन गाउँ छनोटका लागि वन कार्यालय, गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका संयोजक तथा अन्य सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
कर्णाली प्रदेशका दश जिल्लाबाट एक÷एक गाउँको छनोट गरेर पठाउनु पर्ने प्रावधानअनुसार यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
पर्यटन प्रवद्र्धनलाई ग्रामीणस्तरमा पु¥याएर दीगो आय आर्जनको माध्यम बनाउन यस्तो नीति तय गरिएको हो ।
आव २०७७ र ७८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको पर्यटन प्रवद्र्धन कार्यक्रमअनुसार जिल्लाको प्राकृतिक, सांस्कृतिक तथा जैविक क्षेत्रको रुपमा परिचित सो क्षेत्रलाई सबैको सहमतिले लिमीलाई छनोट गरिएको छ ।
यसबाट ग्रामीण पर्यटनको आधार बन्ने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो ।
कर्णाली प्रदेशबाट लिमीलाई पर्यटकीय गाउँका रुपमा छनोट भएमा सांस्कृतिक तथा प्राकृतिक पर्यटनको नमुनाका रुपमा विकास र विस्तार हुन सक्ने स्थानीयवासीले आशा गरिएको छ ।





























