तनहुँमा ट्रक दुर्घटना हुँदा ८ घाइते, राजमार्ग अवरूद्ध

2.87K
shares

काठमाडौ । तनहुँमा ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

बुधबार बिहान बन्दिपुर गाउँपालिका-५ पृथ्वीराजमार्गको आबुखैरेनी-डुम्रे सडकखण्डमा दुर्घटना भएको हो।

दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अबदेश विष्टले जानकारी दिए। घाइतेको अस्पतालमा उपचार जारी छ।

ना ४ ख १९७३ नम्बरको गाडी एउटा घरमा ठोक्किएको हो। अहिले राजमार्ग अवरूद्ध छ। राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083