पासाङ ल्हामुका श्रीमान सोनाम पुगे सगरमाथाको चुचुरोमा

5.63K
shares

काठमाडौं ।  नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् सोनाम शेर्पा सगरमाथाको चुचुरोमा पुगेका छन्।

यती समूहका अध्यक्ष समेत रहेका सोनाम आज बिहान ७ बजेर ३४ मिनेटमा  सगरमाथाको चुचरोमा पुगेको बेस क्याम रहेका सम्पर्क अधिकृतको भनाई उदृत गर्दै यति  एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले  जानकारी दिए। 

 

यसअघि श्रीमती पासाङसँगै सगरमाथाको शिखर चुम्ने सोनामको प्रयास असफल भएको थियो। दुवै जना सगरमाथा आरोहणका लागि गएकोमा सोनाम क्याम्प २ बाटै फर्कनु परेको थियो। पासाङले २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेकी थिइन्। शिखरमा पुगेर फर्किने क्रममा पासाङको निधन भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083