धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ

4.8K
shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य  दोषीहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै धर्नामा सहभागी बसेका अधिकारकर्मी पक्राउ परेका छन् ।

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका ढोकामा कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको धर्ना कार्यक्रममा सहभागी भएका कृष्ण पहाडीसहित अधिकारकर्मीहरु चन्द्रममणी बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणी गौतम, रिता अधिकारी र नागरिक अगुवाहरु अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083