‘अन्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध’ दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रम सम्पन्न
वि.सं.२०८० असार १२ मंगलवार १९:२७
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाद्वारा “अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको” अवसरमा आयोजित प्रतियोगितात्मक पुरस्कार वितरण कार्यक्रम हेरिटेज गार्डेन सानेपामा मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले “अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा” अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र तथा शिल्ड वितरण गर्नुहुदै समाजमा घट्ने घटनाहरू न्यूनिकरणको लागि उपत्यका प्रहरी सदैव सचेत रहँदै, समुदायसँगको समन्वय र सहकार्यमा अपराध रोकथाम तथा नियन्त्रण लागि विभिन्न महानगरपालिका र नगरपालिकाहरुसँग सि.सि.टि.भी.राख्ने सम्झौता भएको जानकारी गराउनु भएको थियो । साथै अन्य स्थानीय तहसँग पनि उक्त कार्यका समन्वय भई रहेको बताएका थिए ।

प्रविधिको दुरूपयोगबाट समेत अपराधका घटना घट्ने गरेको बताउनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उज्जवल भविष्यका सपना बोकेका विद्यार्थीहरू लागु औषध जस्तो दुर्व्यवसनीमा फस्न सक्ने तथा साइवर अपराधमा समेत पर्न सक्ने र जीवन बर्वाद हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्दै सामाजिक सञ्जालको प्रयोगमा असाध्यै सावधानी अपनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर,ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाह, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षकरविद्यार्थीहरू, स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थिति रहेको थियो ।


































