कञ्चनपुरमा दोहोरो नागरिकता लिएको आरोपमा दुईजना पक्राउ
वि.सं.२०८० असार २० बुधवार १०:५०
3.87K
shares
shares

कञ्चनपुर । कञ्चनपुरमा दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जना विरुद्ध दोहोरो नागरिकता सम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ ।






























