जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

3.99K
shares

काठमाडौं । काठमाडौं महानगरपालिका-६  कपन सरस्वतीनगर बस्ने ४७ वर्षीय राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ तेन्जिङचोक बस्ने नुवाकोट दुप्तेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय कृष्ण बहादुर स्याङतान समेत ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083