युवा नेता सन्तोष पाण्डेको पहलमा बाढी पहिरो पीडितलाई राहत वितरण
वि.सं.२०८० साउन २५ बिहीवार १४:३१
shares

काठमाडौ । साउन १८ गते गएको पहिरोबाट विस्तापित ३५ घर परिवारलाई दोलखा जिल्ला गौरीशंकर गाउँपालिका –७ टोपाटारका पहिरो पिडीतलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ। २०६२ सालको पशुपति बहुमुखी क्याम्पसका स्ववियू सभापति समेत रहेका समाजसेवी युवा नेता सन्तोष पाण्डेको पहलमा पहिरोबाट विस्तापित परिवारलाई राहतसहित नगद सहयोग गरेका हुन् ।
पहिरो पिडीतहरुलाई राहत वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य लगायतको समुहले मृतकका परिवारलाई २० हजारका दरले रकम सहयोग गरेको हो । यस अगाडि पनि नेपाली काँग्रेसको पहलमा २ लाख १३ हजार नगद संकलन गरेर घाइतेको उपचारका लागि सहयोग हस्तान्तरण गरिसकेको नेपाली काँग्रेस दोलखाले जनाएको छ।

उक्त राहत वितरण कार्यक्रममा नेपाली काँङ्ग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष पाण्डे,नेपाली काँग्रेस दोलखाका नेता तारा कुमार खड्का, कुमार अधिकारी,महेश काफ्ले,शैलेन्द्र खड्का,जयराम श्रेष्ठ,विमल आचार्य,नेपाली काँग्रेस गौरीशंकर गाउँपालिकाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
पहिरोमा परी घाइते भएका ५० वर्षिय यज्ञ बहादुर थामीको त्रिवि शिक्षण अस्पतालमा र उनकी श्रीमती अन्दाजी ३९ वर्षीय धनमाया थामी र उहँकी बुहारी करिब २२ वर्षिय सिता थामीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पहिरोमा परेर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देवीमाया मगर, हरिलाल श्रेष्ठ बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये १४ महिनाका बालक प्रिन्स थामीको र अन्दाजी ४० वर्षी देवी माया मगरको शव फेला परेको प्रहरिले जनाएको छ । पहिरोमा परि घाईतेहरुको सरकारले निशुल्क उपचार गर्ने भएको छ ।






























