कैलालीबाट पाँच जुवाडे पक्राउ
वि.सं.२०८० असोज ४ बिहीवार २२:३८
5.67K
shares
shares

धनगढी । कैलालीबाट पाँच जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट उनीहरू पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार ५५ वर्षीय मनिराज महतासहित पाँच जना पक्राउ परेका हुन। उनीहरूको साथबाट २० हजार पाँच सय ७० रुपैयाँ बरामद गरिएको छ। उनीहरूको साथबाट तीन बुक ताससमेत बरामद गरिएको छ।






























