नव-प्रवर्तनिय कार्य “हिरासतमा पुस्तकालय” को समुद्घाटन कार्यक्रम सम्पन्न
वि.सं.२०८० मंसिर ६ बुधवार २१:५२
shares

महाेत्तरी । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईद्वारा महोत्तरीको नव-प्रवर्तनिय कार्य “हिरासतमा पुस्तकालय” काे समुद्घाटन प्रारम्भ भएको छ ।
२०८० साल मंसिर ५ गते मंगलबारका दिन बिभिन्न किसिमका फौजदारी अभियोग लागि कानूनी हिरासतमा रहनु हुने थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले समुद्घाटन प्रारम्भ गरिएकाे माेहत्तरी जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी प्रकाश मल्लले बताए ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबिच २०८० साल श्रावण २९ गते भएको कार्य सम्पादन सम्झौताको बुदां नं. २५ अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा “हिरासतमा पुस्तकालय” कार्यक्रमको शुरुवात भएकाे हाे ।
उक्त कार्यक्रममा जलेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु वडा नं. २ र ६ का वडा अध्यक्षहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।





























