“नागरिक सुनुवाइ कार्यक्रम” सम्पन्न

3.17K
shares

उदयपुर । उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा, साथै जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाको विशिष्ट आतिथ्यतामा ‘नागरिक सुनुवाइ कार्यक्रम’ सम्पन्न भएको छ ।

“प्रहरी सेवा प्रवाहलाई प्रभावकारी र आम् नागरिक माझ पारर्दर्शी एवं सहभागिता अभिवृद्धि गरी प्रहरी र नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउने” उद्देश्यले जिल्ला प्रहरी कार्यालय उदयपुरले उक्त कार्यक्रम आयोजना गरेको हो ।

May be an image of 11 people and text

कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, शिक्षकहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, संचारकर्मी एवं स्थानीय नागरिकहरु लगाएतको उपस्थितिमा त्रियुगा नगरपालिका वडा नं. ६ जलजलेमा “नागरिक सुनुवाइ कार्यक्रम” सम्पन्न भएको थियो ।

May be an image of 10 people, speaker and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083