सुरक्षा जोखिम देखाउँदै काठमाडौं–मन्थली रुटमा अरनिको बस सेवा अनिश्चितकालका लागि बन्द

2.33K
shares

काठमाडौं। काठमाडौंबाट खुर्कोट हुँदै रामेछापको मन्थलीसम्म सञ्चालन हुँदै आएको अरनिको यातायातको बस सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ। सुरक्षा जोखिमलाई कारण देखाउँदै उक्त निर्णय लिएको जनाएको छ।

अरनिको यातायात सेवा प्रा.लि. ले सार्वजनिक सूचना जारी गर्दै मन्थली नगरपालिका–६ मसानटार क्षेत्रमा भएको बस दुर्घटनापछि हाललाई सम्पूर्ण ‘क्यू’ बस सेवा रोकिएको जानकारी दिएको हो। अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित रहने जनाइएको छ।

अरनिको यातायात सेवा प्रा.लि.का अनुसार दुर्घटनापछि यात्रु तथा सवारी सुरक्षालाई प्राथमिकतामा राख्दै काठमाडौं–खुर्कोट–मन्थली रुटमा चल्ने सबै बस सञ्चालन अस्थायी रूपमा बन्द गरिएको हो। सूचनामा सम्बन्धित व्यवसायी, मजदुर र कर्मचारीलाई निर्णयबारे जानकारी गराइएको उल्लेख छ।

गत मंगलबार मन्थलीमा भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो। त्यस घटनापछि सडक सुरक्षा र जोखिम मूल्याङ्कनबारे चासो बढेको छ।

सेवा स्थगित भएसँगै उक्त रुटका यात्रुहरू वैकल्पिक यातायातको खोजीमा रहेका छन्। कम्पनीले परिस्थितिको मूल्याङ्कनपछि मात्र सेवा पुनः सञ्चालनबारे निर्णय लिने जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083