दोस्रो विश्वयुद्धमा मारिएका सैनिकहरुलाई पर्खिरहेका यी गाडिहरु

7.51K
shares

काठमाडौं । यो संसारलाई अनौठो संसार पनि भनिन्छ।कतिपय अनौठा कुराहरु हामिले देख्ने गरेका छौं भने कतिपय पृथिवीको गर्भमै हराउँछन् र केहि हाम्रो पहुँच भन्दा पर रहेका अनौँठा कुराहरु यो संसारमा थुप्रै छन्। द्वितीय विश्वयुद्धको एक घटना जुन अनौठो छ-बेल्जियममा रहेका अमेरिकी सैनिकहरुलाई उनीहरूले प्रयोग गरिरहेका गाडीहरु जंगलमै छोडेर दोस्रो विश्वयुद्ध लड्न जानपर्ने अवस्था आयो।

जंगलमै गाडी लुकाउदा पछि लडाई लडेर आफ्नो क्याम्पमा फर्किन सजिलो हुने ठानेर सैनिकहरुले आफूले प्रयोग गर्ने गाडि जंगलमा लुकाएर गए। तर लडाईमा ति सैनिकहरु मारिए। ति सैनिकहरुले छोडेका गाडी अहिले पनि बेल्जियममा रहेको छ। जंगलको बिचमा रहेका ति साना गाडीहरु निकै पुराना खिया लागेर कवाडीमा परिणत भइसकेका छन्।

कतिपय मानिसहरुले भन्ने गरेका छन् यी गाडिहरुले आफूलाई जंगलमै छोडेर लडाई लड्न गएका सैनिकहरु जो लडाईमा मारिए,उनीहरुलाई पर्खिरहेका छन् ।


divya collage
unigloble collage