‘नेपालीहरु सेक्स गर्न जान्दैनन्, त्यसैले यसरी गर्नुस् सेक्स’ -करुणा कुँवर

12.52K
shares

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनबारे जति चर्चा गरिन्छ या त त्यसलाई असाध्यै जटिल बनाइन्छ या अति नै हलुका । फलस्वरूप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जित विषय । यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रस्ट छिन् ।

लामो समयदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन, अनुसन्धान गरिरहेकी कुँवर नेपालीको यौनमनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको बताउँछिन् । नेपालीको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ ।

करुणा कुँवरका अनुसार कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रूपमा त्यो समस्याको जड सेक्ससम्बन्धी उनीहरूको धारणा र व्यवहारमा प्रकट हुने गरेको पाइन्छ । ९९ प्रतिशत जोडी आफ्नो वैवाहिक जीवनबाट खुसी छैनन् ।
सामान्यतः नेपालीलाई सेक्स गर्न आउँदैन । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । महिलाले पनि पुरुषका लागि आफूले ‘सेक्रिफाइस’ गरेको मान्छन्। नेपालका सेक्स सपमा सबै वर्गका मानिस पुग्दारहेछन् । यसले नेपाली समाज सेक्समा उदार हुँदै गएको देखिन्छ ।

रेखा थापाले कम वस्त्र लगाउँछिन्, त्यसकारण उनी सबैभन्दा बढी यौनइच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन्, त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेको नेपाली बौद्धिकवर्गले पनि यसलाई स्वीकार गर्न सकिरहेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ कुँवर भने प्रस्ट छिन् । नेपालीको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मनी मनोवैज्ञानिक दोरोभी वे नरकी शिष्य करुणासँग नेपालीको यौन मनोविज्ञानका विषयमा गरिएको कुराकानीको सम्पादित अंश स्

तपाईंलाई फेमिली थेरापिस्ट भन्दारहेछन्, मनोविज्ञानभित्र फेमिली थेरापी कहाँ पर्दोरहेछ र?

मनोविज्ञान वृहत् विषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोविज्ञानद्वारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोविज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषय फेमिली थेरापीअन्तर्गत पर्छ, अर्थात् तपाईंको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्या समाधान फेमिली थेरापिस्टले गर्न सक्छ ।

तपाईंसँग उपचारका लागि धेरै युगल जोडी आउने गरेका छन्, युगल जोडीका मुख्य समस्या के–के रहेछन् र?

पुरुष होस् वा महिला, सुरुमा उनीहरू आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो व्यवहार राम्रो छैन भन्ने समस्या लिएर आउँछन् तर कुरा गर्दै जाँदा मूल कुरा सेक्समा गएर अड्किन्छ अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रूपमा त्यो समस्याको जड सेक्ससम्बन्धी उनीहरूको धारणा र व्यवहारमा प्रकट हुने गरेको मैले पाएँ ।

युगल जोडीमा सेक्सकै कारण समस्या आएको कति पाउनुभयो, प्रतिशतमा भन्न सकिन्छ र?

९९ प्रतिशत । कुनै जोडी सुरुदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरूको विवाह इच्छाविपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछि युगल जोडीमा जति समस्या आउँछन्, त्यसमा कुनै न कुनै रूपमा यौन जोडिएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ– मेरो ‘प्राक्टिस’ मा पनि यही पाएकी छु ।

केही उदाहरण दिन सकिन्छ र?

धेरै जोडी विवाहको पाँच–सात वर्षपछि समस्या लिएर आउँछन् । त्यो बेला उनीहरूको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक–अर्कामा दाषारोपण गर्दा उनीहरू घर ढिला आउने, रक्सी पिउने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउँछन् तर विवाहको पहिलो वर्ष त्यही व्यवहार किन नराम्रो लागेन भनेर प्रश्न गर्यो भने उनीहरू मौन रहन्छन् । पहिलो वर्ष उनीहरूलाई त्यही व्यवहार नराम्रो लाग्दैन, कारण उनीहरूको यौनसम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेरै राम्रो हुन्छ । त्यो बेला उनीहरू एक–अर्कालाई समय दिन्छन्, एक–अर्काको रूप र व्यक्तित्वको बखान गर्छन्। जसै विवाह पुरानो हुँदै जान्छ, ती क्रियाकलापमा कमी आउँछ, अनि सम्बन्ध बिग्रन थाल्छ ।

नेपालीको यौन क्रियाकलाप कसरी हुँदोरहेछ, समस्या के पाउनुभयो र?

सामान्यतः नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्नेबित्तिकै नेपालीको मनमा पुरुष लिंग महिलाको योनिमा प्रवेश गर्ने भन्ने कुरामा मात्र ‘फोकस’ हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि भन्ने, व्यवहार गर्ने, आकर्षित गर्नेजस्ता धेरै कुरा यौनभित्र पर्छन् । ती विषयमा धेरैले ध्यान दिँदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । महिलाले पनि पुरुषका लागि आफूले ‘सेक्रिफाइस’ गरेको मान्छन् । समस्या यहीँबाट सुरु हुन्छ । वास्तवमा सेक्स कसका लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनौँ ।

नेपाली महिला सेक्समा रमाउन नसक्नुका कारण के पाउनुभयो र?

नेपाली महिलालाई सानैदेखि कुनै न कुनै रूपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरुषसँगको सम्बन्ध पाप हो, पुरुषको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा–सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलालाई सेक्सबारे धेरै ज्ञान छ भन्ने लाग्न सक्छ तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरू खुलेर रमाइलो गर्न सक्दैनन् । तपाईंले कतिपय महिला सेक्सका बेला नाङ्गै हुन सक्दैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन् भन्ने कुरा सुन्नुभएकै होला । त्यसको कारण उनीहरूमा विद्यमान सेक्सप्रतिको वितृष्णा नै हो । जब कि नाङ्गो हुनु सेक्सका लागि अनिवार्यजस्तै हो ।

कतिपय युगल जोडी धेरै झगडा गर्छन्, यस्तो लाग्छ, उनीहरू तुरुन्तै छुट्नेवाला छन् तर वर्षौंसम्म पनि उनीहरू सँगै हुन्छन्, यसको कारण के होला र?

यसको कारण पनि सेक्स नै हो । तपाईं हामी सबैले दर्जनौँ यस्ता जोडी देखेका छौँ, जो यति झगडा गर्छन्, कुटाकुट गर्छन् कि भोलि नै छुट्न सक्छन् भन्ने हामीलाई लाग्छ । वास्तवमा उनीहरूलाई छुट्टिन नदिने कारण सेक्स नै हो । सेक्सका बेला यी दुईबीच जुन प्रेम प्रकट हुन्छ, त्यो छुट्टिसकेपछि नपाइने मनोविज्ञानका कारण उनीहरू जे–जस्तो सहेर पनि बसिरहेका हुन्छन् । सेक्सका समयमा शारीरिक सुगन्ध एक–अर्काले वर्षौंसम्म पाएका हुन्छन्, छाला–छालाबीचको घर्षण प्रिय हुन्छन् । कतै न कतै त्यो प्रिय क्षण मनको अन्तरमा बसेको हुन्छ, त्यसैले उनीहरूलाई छुट्टिन दिएको हुँदैन । एक लेखकले कतै भनेका छन्, ‘नजिकै प्रहरीचौकी छ, सहयोग गर्ने वकिल छन्, प्रशस्त कानुन छन्, यद्यपि एउटी महिला पुरुषको यातना खेपेर वर्षौंदेखि बसिरहेकी छे । किन रु किनभने ऊ त्यो व्यक्तिको सेक्समा रमाएकी छे ।’

नेपालका सहरी क्षेत्रमा महिला–पुरुष सेक्समा उदार हुँदै छन्, यससँगै सेक्समा विभिन्न प्रयोग पनि भएको सुन्न पाइन्छ, यसलाई कसरी लिनुभएको छ र?

सहरमा सेक्स टोयका सामग्री बेचविखन हुन थालेका छन् । सुरु–सुरुमा मलाई पनि सेक्स टोयमा युवामात्र जान्छन् कि भन्ने लागेको थियो, तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै वर्गका मानिस पुग्दारहेछन् । यसले नेपाली समाज सेक्समा उदार हुँदै गएको देखिन्छ । यद्यपि कस्तो सेक्स राम्रो वा नराम्रो भन्ने कुरा दुईजनाबीचको यौन व्यवहारले छुट्याउने कुरा हो । यौन क्रियाकलापका बेला दुवैजना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो क्रियाकलाप अरूका लागि अप्राकृतिक भए पनि राम्रो हुन्छ, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो ।

अहिले गुदामैथुन, मुखमैथुनको कुरा पनि धेरै हुन थालेका छन्, तपाईंको अध्ययनमा के पाउनुभएको छ र?

विदेशमा विशेषगरी शिक्षित जोडी सेक्समा समान सहभागिता खोज्छन् । त्यहाँ सेक्स भनेको मेकिङ लभ हो । यदि कुनै पुरुषलाई मुखमैथुन रमाइलो लाग्छ भने त्यहाँ महिलाले पनि आफूलाई त्यही रूपमा आफ्नो सन्तुष्टिका आधार खोज्छिन् । फलस्वरूप महिला पनि त्यति नै रमाइलो मान्छन् । नेपालमा भने महिलाहरू आफ्नो सन्तुष्टिको अधिकारसम्बन्धमा त्यति सचेत छैनन् । त्यसैले आफ्नो पार्टनरले मुखमैथुन वा गुदामैथुनको कुरा गर्यो भने आफू जबरजस्तीमा परेको अनुभव गर्छन् । त्यसमाथि उनीहरूको मनमा सेक्स भन्नेबित्तिकै पुरुष लिंग महिला योनिमा जाने कुरामात्र मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रति दुवैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो ।

किशोरीहरूमा हिस्टेरिया भन्ने एउटा परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि हो भन्ने गरिएको छ, खासमा यो के हो र?

किशोरवयमा अचानक बेहोश हुने वा अन्य क्रियाकलाप देखाउने रोग भएकाले हिस्टेरियालाई यौनसँग जोडिएको हो । वास्तवमा यो यौनसँग सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । हिजोआज यसलाई ‘कन्भर्जन डिसअर्डर’ भनिन्छ । पहिले हिस्टेरिया भएका युवतीको विवाह गरिदिँदा यो रोग हराएको पाइयो । कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टिसँग सम्बन्धित हो भनेर व्याख्या गरियो, यद्यपि हिजोआज यौन असन्तुष्टिलाई मात्र यसको कारण मानिएको छैन, जुनसुकै तनावका कारण पनि हिस्टेरिया हुन सक्छ ।

विवाहको केही वर्षपछि पुरुष आफ्ना श्रीमतीको यौनचाहना कम भएको गुनासो गर्छन् । उनीहरू परस्त्रीगमन गर्न थाल्छन्, फलस्वरूप परिवार नै विखण्डनको अवस्थामा पुग्ने गरेको छ । यसको खास कारण के हो र?

विवाहको पहिलो वर्ष महिला श्रीमान्प्रति जति समर्पित हुन्छन्, त्यसमा सन्तान जन्मिएपछि कमी आउँदै जान्छ । उनीहरूको ध्यान श्रीमान्भन्दा छोराछोरीप्रति जान्छ तर पुरुषले श्रीमतीबाट त्यही व्यवहार चाहन्छ । त्यो नपाएपछि उसले बाहिर आँखा लगाउन थाल्छ । मकहाँ आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन् । त्यसैले पनि मलाई पारिवारिक समस्याको मूल जरो कतै न कतै यौनसँग सम्बन्धित हुन्छ भन्ने लाग्न थालेको छ ।

नेपालमा एकथरी महिला छन्, जसका लागि यौन लाजको विषय हो, तर अर्काथरी महिला यस्ता पनि छन्, जो खुला रूपमा सेक्सका कुरा गर्छन् र आफ्नो स्तनलाई नै आकर्षणको केन्द्र बताउँछन्, यसलाई कसरी लिनुहुन्छ र?

धेरै महिलाका लागि यौन लाजको विषय हो । यद्यपि लाजको विषय भन्दैमा उनीहरू त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । उनीहरू राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो यौनिकता प्रदर्शन गरिरहेका हुन्छन् । मानिसले कुनै न कुनै रूपमा आफ्नो चाहना प्रकट गरिरहेको हुन्छ । मेरो विचारमा कसैले आँखामा गाजल लगाउनु र कसैले आधा स्तन खुला छाड्नुमा खासै भिन्नता छैन । दुवैले बाहिरी मानिसलाई आफूतिर आकर्षित गरिरहेका छन् । महिलामात्र होइन, पुरुषले पनि कहिले फ्रेन्चकट दाह्री पालेर होस् वा आफूलाई सफाचट राखेर होस् आफ्नो यौनिकता प्रदर्शन गरिरहेको हुन्छ ।

यौन भनेकै यस्तो कुरा हो, जो कसैले प्रकट गरोस् वा नगरोस्, यो सबैको आवश्यकताको कुरा हो, प्रकट गर्ने तरिकामात्र फरक हो । रेखा थापाले कम वस्त्र लगाउँछिन्, त्यसकारण उनी सबैभन्दा बढी यौनइच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन्, त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन ।

यति हुँदाहुँदै पनि नेपाली किन यति हिप्पोक्र्याट भएका र?

किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन । आमाले हुर्कंदै गरेकी छोरीसँग, बुवाले उमेर बढ्दै गएको छोरासँग खुलेर कुरा गरेनन् । उनीहरूले यसलाई लाजको विषय भने । शिक्षक–शिक्षिकाले पनि त्यसलाई गोप्य भनिदिए । यसरी जोबाट यौनका विषयमा खुलेर कुरा आउनुपर्ने हो, उनीहरूबाटै गलत भनेर लान्छना लगाइएपछि विचरा यौन कलंकित हुने नै भयो । म सभ्य छु भन्नेहरू नै यसलाई नराम्रो भन्न बाध्य भए । यो हाम्रो शिक्षाको दोष हो, हाम्रो संस्कारको दोष हो ।

अहिलेको नयाँ पुस्ता घरमा यौनलाई गलत भनेको सुन्छ तर इन्टरनेट र साथीभाइका माध्यमबाट सबै कुरा सिकिसक्छ, यस्तो अवस्थालाई कसरी मिलाउने र?

यो गम्भीर अवस्था हो । बाहिरबाट आएको ज्ञान खराब पनि हुन सक्छ । यदि घरबाट, विद्यालयबाट उचित तवरले यसलाई सिकाउँदै लैजाने हो भने मानिसले सही ज्ञान पाउँछ, नत्र यसबाट यौन विकृत व्यक्तिमात्र तयार हुन्छ । धेरै वर्षअघि हामी केही मनोवैज्ञानिकले थाइल्यान्डमा यही विषयमा चर्चा गरेका थियौँ । अहिले त्यो अवस्था प्रत्येक दिन बढिरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083