आफ्नै बडीगार्डसँग राजकुमारीको अवैध सम्बन्ध, चुप बस्न १९ करोड अफर

16.07K
shares

दुबइका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमकी पत्नी राजकुमारी हया बिन्त हुसेनको आफ्नै बडीगार्डसँग अवैध सम्बन्ध भएको खुलेको छ । बेलायती बडीगार्डलाई चुप रहनको लागि राजकुमारी हयाले १.२ मिलियन पाउण्ड र महंगा उपहारहरु दिएको डेलीमेलले दावी गरेको छ ।

बेलायतको अदालतका चलेको सुनुवाइको आधारमा डेलीमेलले यस्तो दावी गरेको हो । दुबइका शासकले राजकुमारी हयालाई कुनै जानकारी नदिइ फेब्रुअरी २०१९ मा शरिया कानुनअनुसार राजकुमारी हयासँग सम्बन्धविच्छेद (तलाक) गरेका थिए । राजकुमारी हया २०१८ मा दुबइबाट भागेकी थिइन् र अहिले लण्डनमा छिन् । उनी दुई सन्तानकी आमा हुन् ।

राजकुमारी हया दुबइका शासककी छैटौं र सबैभन्दा कम उमेरकी पत्नी थिइन् । यो अवैध सम्बनध २०१६ मा सुरु भएको मानिएको छ त्यसपछि ती बडीगार्डले राजकुमारी हयाको लागि पूर्ण रुपमा काम गर्न थालेका थिए । राजकुमारीले रसेलसँगको आफ्नो अवैध सम्बन्धबारे केही नबोल्नको लागि अन्य ३ बडीगार्डलाई पनि करोडौं दिएको विश्वास गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083