बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश

4.63K
shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना २ खेल अघि नै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको हो ।

दुबै टिमले पहिलो हाफसम्म गोल रहित बराबरी खेलेका थिए । बार्सिलोनाका लागि सिल्भा डी ओलिविरा गोल गरे भने इन्टर मिलानका लागि माउरो इकार्डीले गोल गर्दै बराबरी बनाएका थिए । पहिलो हाफ बराबरी खेलेको बार्सिलोनाका लागि खेलको ८३ औ मिनेटमा ओलिविराले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर बार्सिलोनाले आफ्नो अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो । इन्टर मिलानका लागि खेलको ८७औं मिनेटतमा इकार्डीले गोल गर्दै बराबरी दिलाएका थिए । समूह बी मा अपराजित रहेको बार्सिलोनाले ४ खेलबाट १० अंक बनाएको छ । त्यस्तै, । इन्टर मिलानको ७ अंक रहेको छ ।