राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्धारा तिहारको शुभकामना व्यक्त

7.67K
shares

काठमाडौँ । राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हिन्दूको दोस्रो ठूलो चाड शुभ–दीपावली २०७५ को पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले आज शुभकामना सन्देश जारी गरी पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्।

सन्देशमा चाडपर्वमध्येको रंगिन तथा उज्यालो पर्वका रुपमा रहेको दीपावलीलाई सांस्कृतिक तथा धार्मिक मौलिकताको संरक्षण एवं संवद्र्धन गर्दै विकृतिरहित बनाउने दिशामा सबै सजग रहन जरुरी आग्रह गरिएको छ। पर्वको पुनित अवसरमा मुलुकमा दीर्घकालीन राजनीतिक स्थायित्वसहित समृद्धि हासिल भई सम्पूर्ण नेपालीको ओठमा हाँसो आउन सकोस् भनिएको छ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा मनाइँदै आएका विभिन्न चाडपर्व, संस्कृतिहरू सुन्दर बगैँचाका रंगिन फूलहरू जस्तै रहँदै आएका र विभिन्न जात धर्म समुदाय विशेषका आ–आफ्नै चाडपर्व छ नेपालको मौलिक पहिचान बोकेको सन्देशमा उल्लेख छ।

शुभकामना सन्देशमा खुशी र उमङ्ग बोकेर आएको दीपावली विशेषतः दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने पर्वका रुपमा लिइने र मखमली फूलको माला र सप्तरङ्गी टीकासँगै आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने भएको हुँदा पर्वकोे ऐतिहासिक महत्व रहेको उल्लेख छ।


unigloble collage
baneshwor multiple campus ad -2083