लिभरपुल बन्यो रेडस्टार बेलग्रेडसँग अप्रत्यासित पराजयको शिकार

5.47K
shares

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा उपाधि होडमा रहेको लिभरपुल मंगलबार राति भएको च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलमा भने अप्रत्यासित पराजयको शिकार भएको छ।

सर्बियन क्लब रेड स्टार बेलग्रेडले पहिलो हाफमा एकपछि अर्को गर्दे लगातार दुई गोलको अग्रता बनायो। जसलाई अन्तिमसम्म कायम राख्दा लिभरपुल २–० ले स्तब्ध रह्यो। समूह सीमा नापोली समान ६ अंक भएपछि लिभरपुल दोस्रो स्थानमा धकेलिएको हो। उक्त समूहमा अघिल्लो चरण सबै टिमका लागि खुल्ला भएको छ।

घरेलु मैदानमा लिभरपुललाई स्तब्ध बनाउन स्टारका मिलान पाभकोभले दुई गोल गरे। २२ औं मिनेटमा पाभकोभले गोल गर्दै बेलग्रेडलाई सुरुवाती अग्रता दिलाए। २९ मिनेटमानै फेरि उनले टिमको अग्रता उनले दोब्बर बनाए। खेलमा फर्किन ठूलै संघर्ष गरे पनि लिभरपुल सफल हुन सकेन। च्याम्पियन्स लिगमा लिभरपुल अबे मैदानमा लगातार तेस्रो पटक पराजित भयो। सोहि समूहमा एथलेटिको म्याड्रिड र नापोलीले मंगलबारको खेलमा अंक बाँडे।

मंगलबारको खेलपछि सबै टिमको समान चार खेलबाट नापोली र लिभरपुलको ६ अंक रहेको छ भने पीएसजीको ५ अंक छ भने बेलग्रेड ४ अंक रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083