सडक दुर्घटनामा परि साउदीमा दुई नेपालीको निधन
वि.सं.२०७५ कात्तिक २१ बुधवार १०:०९
6.33K
shares
shares

कार्तिक । रोजगारीका लागि साउदिअरब पुगेका दुई नेपालीको सडक दुर्घटनामा परि मंग्लवार निधन भएको छ ।
पाकिस्तानि नागरिकले चलाएको गाडि अनियंत्रित भै सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिदा उक्त दुर्घटना भएको हो ।बिहान काममा जान निस्किएका दाङका तेज खनाल र धनुषाका तेज नारायण पासवानको घटना स्थलमै निधन भएको छ भने चालकको अवस्था समेत चिन्ता जनक रहेको छ।
मृतक खनाल र पासवानको सव साउदि स्थित किङ्ग फाद अस्पतालमा राखिएको छ।सव लाई आवश्यक प्रक्रिया पूरा गरि नेपाल पठाउने दूतावास स्रोतले जानकारी दिएको छ।






























