टि-१० क्रिकेट लिग : सन्दीप आज राजपुतस् विरुद्ध खेल्दै
वि.सं.२०७५ मंसिर ९ आइतवार १६:५२
shares

काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो टिम केरला किंग्सबाट राजपुतस्विरुद्ध खेल्दैछ ।
टि-१० क्रिकेट लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा सन्दीपले राजपुतस्विरुद्ध खेल्न लागेका हुन् । खेल नेपाली समयअनुसार राति ८ बजेर १५ मिनेटमा युएईको शारजाह क्रिकेट रंगशालामा खेल सुरु हुनेछ । आफ्नो पहिलो डेब्युृ खेलमै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका सन्दीपले आजको खेलमा भने कस्तो प्रदर्शन गर्लान् ? केरलाले आफ्नो पहिलो खेलमा पख्तुन्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपले ३ विकेट लिन सफल भएका थिए ।
पहिलो खेलमा नै म्यान अफ द म्याच घोषित भएका सन्दीपले आफ्नो दोस्रो खेलमा पनि १ विकेट लिन सफल भएका थिए । तर केरला यो खेलमा भने सिन्धिससँग ९ विकेटले पराजित भएको थियो ।
समूह ए मा रहेको केरलाको यो समूह चरणको अन्तिम खेल पनि यो । आजको खेलले समूह विजेताको टुंगो भने लगाउने छ ।



















