प्रिमियर लिग : बुर्नलीमाथि न्युक्यास्टलको जित

5.8K
shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यास्टलले बुर्नलीलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

उसैको घरेलु मैदानमा बुर्नलीलाई न्युक्यास्टलले पराजित गर्न सफल भएको हो । खेलको चौथो मिनेटमा नै बुर्नलीका बेन मीले आत्मघाती गोल गरेसँगै न्युक्यास्टलले अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा कैरन क्लार्कले गोल गर्दै न्युक्यास्टललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा सेम भोक्सले गोल गर्दै बुर्नलीलाई २–१ गोलको स्थितिमा पुर्याएका थिए ।

पहिलो हाफमा २–१ गोलले पछि परेको बुर्नलीले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि खेर फालेको थियो । खेल अवधिभर भने बुर्नलीले बल नियन्त्रणमा राखेको थियो । दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि न्युक्यास्टलले बुर्नलीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

जितपछि न्युक्यास्टलले १३ खेलबाट १२ अंक बनाएको छ । यता, पराजित बुर्नलीको भने १३ खेलबाट ९ अंक रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083