‘ए’ डिभिजन लिग : एपीएफलाई पराजित गर्दै ‘मनाङ’ उक्लियो लिगको शीर्ष स्थानमा

5.5K
shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबल अन्तरगत साविक विजेता मनाङ—मर्स्याङ्दीले आफ्नो चौथो खेलमा विभागिय टिम एपीएफमाथि संघर्षपूर्ण जित निकाल्न सफल भएको छ । मनाङले अदेलाजे सोमिदे ओलुवावुन्मीले र अन्जन बिष्टको गोलमा लगातार चौथो जित हात पारेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुुटबल संघ (एन्फा) मा भएको खेलमा मनाङका लागि १९ औं मिनेटमा अदेलाजे सोमिदे ओलुवावुन्मीले टिमका लागि गरेको गोलमा अग्रता लिएको मनाङले खेलको ४५ औं मिनेटमा एपीएफका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीमा अन्जन बिष्टले गोल गरेपछि दुई गोल गरेको थियो ।

१९ औं मिनेटमा मनाङले लिएको अग्रतालाई एपीएफका नविन लामाले खेलको २७ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि १—१ गोलको बराबरीमा पुर्याएका थिए । मनाङको चौथो जीतका लागि अन्जन बिष्टले प्रहार गरेको पेनाल्टी गोल निर्णायक बन्यो । पहिलो आफमै २—१ गोलको अग्रता बनाउको मनाङले दोस्रो हाफमा गोल थप्न सकेन भने एपीएफले मनाङको एक गोल फर्काउन नसक्दा तेस्रो हार व्यहोर्नु पर्यो ।

जितसँगै मनाङ—मर्स्याङ्दी लिगको शीर्ष स्थानमा रहेको छ । मनाङको १२ अंक भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083