‘ए’ डिभिजन लिग–हिमालयन शेर्पाद्धारा मछिन्द्र पराजित

4.1K
shares

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। यस जितसँगै हिमालयन शेर्पा १० अङ्कका साथ अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ।

लिगमा १२ अङ्क जोड्दै मनाङ मस्र्याङ्दी क्लब पहिलो स्थानमा छ। समान १० अङ्क नै जाडेको त्रिभुवन आर्मी क्लब गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ। हिमालय शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरे। खेलको पहिलो हाफको २१ औँ मिनेटमा हिमालयन शेर्पाका आशिषले हेडमार्फत गोल गर्दै पहिलो अग्रता लिए।

खेलको पहिलो हाफसम्म १–० ले अगाडि रहेको हिमालयन शेर्पाले दोस्रो हाफमा एक गोल थप्यो। खेलको ८९ औँ मिनेटमा हिमालयन शेर्पाका कर्णले विजयी गोल गरे । पराजित मछिन्द्र क्लबको दुई अङ्क छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083