टी–१० क्रिकेट लिगः आज सन्दीपको टिम खेल्दै

4.82K
shares

काठमाडौं । यूएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत आज पहिलो खेल नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध केरला नाइट्स र नर्दन वारियर्सबीच हुँदैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे पछि सुरु हुनेछ । ४ खेलमा ३ मा विजयी र एकमा पराजित भएको नर्दन वारियर्स ६ अंकमा दोस्रो स्थानमा छ । ३ अंकमा पुछारबाट दोश्रो स्थानमा रहेको केरलाले ४ मध्ये एकमा मात्र जित निकाल्न सकेको छ ।

सन्दीपको टिममा इङ्ल्यान्ड क्रिकेट टिमका कप्तानसमेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता विश्वका चर्चित स्टार खेलाडीहरु छन् । लिगमा कुल ८ टिम सहभागिता छ। मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्।

इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए। इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय लिग खेल्न सुरू गरेका सन्दिपले पछिल्लो एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083