‘ए’ डिभिजन लिग : रन्जनको दुई गोलले थ्रीस्टार उक्लियो दोस्रो स्थानमा

4.28K
shares

काठमाडौं । रन्जन विष्टको दुई गोलमा रुस्लान थ्री स्टार क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली एपिएफविरुद्ध २–० को जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाएको यो जितपछि थ्री स्टार अंक तालिकाको शीर्ष स्थानमा मनाङ मर्स्याङदी क्लबसँग अंक बराबरी गर्न सफल भएको छ ।

समान १२ अंक भए पनि मनाङले एक खेल कम खेलेको छ । २५औं मिनेटमा सुनिल बलको क्रसलाई गोलमा परिणत गर्दै रञ्जनले थ्री स्टारको खाता खोलेका थिए । दोस्रो गोल उनले ६६औं मिनेटमा गरे । राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङले दिएको पासलाई विपक्षी गोलकिपरसँग वान भर्सेज वान अवस्थामा गोल गर्दै रन्जनले अग्रता दोब्बर पारेका थिए ।
यसै वर्षबाट एपिएफ छोडेर थ्री स्टारमा आबद्ध भएका हुन् रन्जन । एपिएफले गोलका केही अवसर सिर्जना गरे पनि जाली चुमाउन नसक्दा लगातार दोस्रो हार बेहोरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083