सिरी ‘ए’ : फियोरेन्टिनामाथि युभेन्टसको शानदार जित

वि.सं.२०७५ मंसिर १६ आइतवार १३:३३
3.98K
shares
shares

काठमाडौं । साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई उसैको मैदानमा ३–० गोलले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, रोड्रिगो बेन्टानकर र जर्जियो चिलिनीले गोल गरे ।
रोड्रिगोले खेलको ३१ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । चेलिनीले खेलको ६९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई दोब्बर अग्रता दिलाएका थिए ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै स्पष्ट जित निकाल्यो । रोनाल्डोले खेलको ७९ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई ३–० गोलको जित दिलाएका हुन् । जितपछि युभेन्टसले लिगमा १४ खेलबाट ४० अंक बनाएको छ ।