ला लिगा : रियल मड्रिड र लिग लिडर सेभिल्लाबिच मात्र तीन अंकको अन्तर
वि.सं.२०७५ मंसिर १६ आइतवार १७:२४
shares

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियालाई पराजित गर्दै लिग लिडर सेभिल्लासँगको अंक दूरी तीनमा झारेको छ ।
शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोलअन्तरले पराजित गरेको हो । खेलको सुरुवाती समयमा नै भ्यालेन्सियाले आत्मघाति गोल गरेपछि रियलले अग्रता बनाएको थियो । खेलको आठौं मिनेटमा ड्यानियल वासले आत्मघाती गोल गर्न पुगेका थिए ।
पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । रियलका लागि खेलको ८३ औं मिनेटमा भास्क्वेजले गोल गर्दै २–० गोलको जित दिलाएका हुन् ।
जितसँगै रियल लिगको पाँचौ स्थानमा उक्लिएको छ भने लिड लिडर सेभिल्लासँगको अंक दुरी पनि तीनमा झारेको छ । सेभिल्लाको १३ खेलबाट २६ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको बार्सिलोनाको २५ अंक रहेको छ । रियलको भने १४ खेलबाट २३ अंक रहेको छ ।


























