सन्दिप लामिछाने क्याम्पस भर्ना, सहपाठीबीच आफ्नो सेक्सनमा तानातान

15.22K
shares

काठमान्डौं ।‌‌‍‌ सन्दिप लामिछाने कलेज भर्ना भएका छन्। स्टार क्रिकेटरका रूपमा विश्वभर ख्याति कमाएका सन्दिपले ब्याचलर इन सोसल वर्क अर्थात एसडब्लू कोर्षका लागि कलेज भर्ना भएका हुन्। यो तीन वर्षे कोर्ष हो। सोमबार उनी बौद्धस्थित जेभियर इन्टरनेसनल कलेज भर्ना भएका हुन् ।

क्याम्पस परिवारले एक कार्यक्रमको आयोजना गरेर उनलाई स्वागत गरेको छ। उनी सोही कलेजका ब्रान्ड एम्बासडर पनि हुन् । सन्दिप स्वयं अजफैँले फारम भरेर कलेज भर्ना भएका छन्। उनले त्यसक्रममा आफ्नो मन्तव्य पनि राखेका थिए। मन्तव्यका क्रममा उनले जहाँ जुन अवस्थामा भएपनि देशका लागि केही न केही अवश्य योगदान गर्नुपर्ने बताए। उनले कलेजको पढाइ र क्रिकेट खेल सँगै अगाडि बढाउने बताए।

सन्दिपले कलेजको भर्ना फारम भर्दा उनका समकक्षीबीच आफ्नो सेक्सनमा सन्दिपलाइ तान्ने होड चलेको थियो। ‘सन्दिप हाम्रो सेक्सनमा चाहियो’ भन्दै थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083