‘ए’ डिभिजन लिग : आर्मीले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो
वि.सं.२०७५ मंसिर २० बिहीवार १३:४४
shares

काठमाडौँ । नेपाल आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार सम्पन्न खेलमा आर्मीले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । एकपछि अर्को आक्रामक खेल खेले पनि आर्मीले गोल गर्न भने सकेन । आर्मीले पहिलो हाफमा पाएको राम्रो अवसरलाई खेर फालेको थियो । दोस्रो हाफमा पनि आर्मीले थुप्रै अवसर खेर फालेको थियो । फ्रेन्ड्स क्लबले भने आर्मीविरुद्ध रक्षात्मक खेल खेलेको थियो ।
बराबरी खेलेसँगै यसको प्रत्यक्ष फाइदा भने मनाङ मर्स्याङ्दी क्लबलाई पुगेको छ । आर्मीले दोस्रो स्थानमा उक्लिने अवसर समेत गुमाएको छ । आर्मीले ६ खेलबाट १४ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको १८ अंक रहेको छ । लिगको दोस्रो स्थानमा भने थ्रीस्टार रहेको छ । थ्रीस्टारको १५ अंक रहेको छ ।















