ला लिगा : रियलको जितमा बेलको निर्णायक गोल

4.89K
shares

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा हुएस्कालाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा रियल मड्रिडले उसैको मैदानमा हुएस्कालाई १–० गोलको कठिन जित निकालेको हो । रियलको कठिन जितमा ग्यारेथ बेलले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा नै बेलले गोल गर्दै अग्रता दिलाएका थिए । लिगको २०औं स्थानमा रहेको हुएस्कामाथि बल नियन्त्रणमा राखे पनि रियलले साँघुरो जित निकालेको हो । खेलको सुरुवाती समयमा नै लिएको अग्रतालाई अन्तिम समयसम्म राख्न सफल भयो ।

जितसँगै चौथो स्थानमा उक्लिएको रियलले अंक तालिकामा बिस्तारै सुधार गरेको छ । १५ खेलबाट २६ अंक बनाएको रियल लिगको चौथो स्थानमा रहेको छ भने लिग लिडर बार्सिलोनाभन्दा पाँच अंकले मात्रै पछि परेको छ । लिग लिडर बार्सिलोनाको ३१ अंक रहेको छ भने लिगको दोस्रो स्थानमा रहेको सेभिल्लाको २८ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको पनि समान २८ अंक रहेको छ ।

आइतबार राति नै भएका अन्य खेलमा रियल बेटिसले रायो भालेकानोलाई २–० गोलअन्तरले पराजित गर्दा रियल भालेडोलिडले रियल सोसाइडेडलाई २–१ गोलअन्तरले पराजित गरेका छन् । त्यस्तै, लेभान्टे र इल्बारले भने ४–४ गोलको बराबरी खेलेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083