ईपीएल : चितवनद्धारा काठमाडौँलाई १६१ रनको चुनौती

3.97K
shares

काठमाडौं । एभेरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा चितवन टाइगर्सले काठमाडौं किंङ्सलाई १६१ रनको चुनौती दिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १९ ओभर चार बलमा १६० रनमा अलआउट भएको हो । चितवनका पउल स्ट्रलिङले तीन चौका र तीन छक्का सहित १३ बलमा ३४ रन बनाए ।

जर्ज स्कट र दिपेन्द्र ऐरी विच ४० रनको साझेदारी गरे। सन्दिप सुनार २५ रनमा र भिम शार्की सात रनमा नै आउट भए । कमलसिंह ऐरी पनि एक रनमा रनआउट हुन पुगे । कप्तान पृथु बास्कोटाले १९ रन बनाए । बलिङ तर्फ प्रदिप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक एक विकेट लिएका छन् ।


Mitsubishi Long Ad