एन्फाद्धारा साग गेमका लागि खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु

6.36K
shares

काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा)ले दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीका लागि खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारी अन्तरगत महिला खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो। आगामी मार्च ११ गतेदेखि काठमाडौंमा दक्षिण एशीयाली खेलकुद प्रतियोगिता आयोजना हुँदैछ।

सोही प्रतियोगिताका लागि खेलाडीहरुलाई प्रशिक्षण दिने काम सुरु गरिएको प्रशिक्षक हरि खड्काले जानकारी दिए। बुधबारबाट सुरु भएको प्रशिक्षण अन्तरगत महिला खेलाडीहरुले प्रशिक्षण खेल खेलीरहेका छन। प्रशिक्षक खड्काले सो प्रतियोगितामा विजयी बन्ने सम्भावना प्रवल भएकाले महिला खेलाडीहरुलाई प्रशिक्षणमा विशेष प्राथमिकता दिइएको पनि स्पष्ट पारे।

घरेलु मैदानमा आयोजना हुने सो प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न एन्फाले खेल सुरु हुनु ३ महिना अघि देखिनै खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083