ए डिभिजन लिग : थ्री स्टार तेस्रो स्थानमै सिमित
वि.सं.२०७५ पुस २२ आइतवार १७:२९
5.42K
shares
shares

काठमाडौँ । मछिन्द्र क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो बनेको छ। लिगमा यसअघि नै मनाङ मर्स्याङ्दी क्लब प्रथम र संकटा क्लब दोस्रो बनिसकेका छन्।
आइतबार भएको अन्तिम चरणको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई २-० ले पराजित तेस्रो स्थान पक्का गरेको हो। थ्री स्टारका लागि खेलको २८ औं मिनेटमा बुद्ध चेम्जोङले तथा ८९औं मिनेटमा रन्जन विष्टले गोल गरेका थिए।
यस जितसँगै थ्रीस्टारले लिगको १३ खेलमा ८ जित र २ बराबरीसँगै २६ अंक जोडेको छ। शेर्पा भने १३ खेलमा १७ अंकसाथ सातौं स्थानमा यथावत रह्यो।






























