रुनी अमेरिकामा पक्राउ परेको खुलासा
वि.सं.२०७५ पुस २३ सोमवार ११:३३
shares

एजेन्सी । इंग्याल्याण्ड र म्यानचेष्टर यूनाइटेडका पूर्व कप्तान वाइने रुनी अमेरिकामा पक्राउ परेको खुलासा भएको छ । उनी १६ डिसेम्बरमा अमेरिकामा पक्राउ परेको र उलाई हिरासतमासमेत राखिएको पुष्टि अमेरिकी प्रहरीले गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।
रुनीलाई सार्वजनिक स्थलमा मदिरा सेवन गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । रुनी हाल अमेरिकाको मेजर सकर लिगमा डीसी यूनाइटेडको क्लवसँग आवद्ध छन् र अमेरिकमा व्यवसायीक फुटबल खेलिरहेका थिए । रुनीलाई वाशिंगटन महानगरीय विमानस्थल प्राधिकरण प्रहरीले पक्राउ गरेको र हिरासतमा राखेको बताइएको छ । उनलाई व्यक्तिगत जमानतमा रिहा गरिएको थियो ।
रुनीलाई जिल्ला अदालतले २५ डलर जरिमाना र ९१ डलर कोस्ट तिराइएको छ । उनीमाथि श्रेणी ४ को आरोप लगाइएको छ । सो आरोपमा अधिकतम २५० डलर जरिमाना गर्न सकिने कानुनी प्रावधान रहेको बताइएको छ ।
यतिमात्र होइन रुनीमाथि दुई वर्षसम्म गाडी चलाउन नपाइने प्रतिबन्ध पनि लगाइएको थियो । यस्तो प्रतिबन्ध २०१७ सेप्टेम्बरमा लगाइएको हो । डीसी यूनाइटेडका फरवार्ड रुनीले साढे तीन वर्षसम्म अमेरिकी मेजर सकर लिग खेलेपछि गएको जूनमा अमेरिका छोडेका थिए ।































