प्रिमियर लिग लिडर लिभरपुल एफए कपबाट आउट

6.83K
shares

काठमाडौं । प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ। गएराति भएको खेलमा उल्भरह्याम्प्टनसँग २–१ गोल अन्तरले पराजित हुँदै लिभरपुल एफए कपबाट बाहिरिएको हो। कमजोर मानिएको उल्भरह्याम्प्टनसँग लिभरपुलले खराब प्रदर्शन गर्यो। जितसँगै उल्भरह्याम्प्टन चौथो चरणमा प्रवेश गरेको छ।

उल्भरह्याम्प्टनका लागि राउल जिमेनेज र रुबेन नेभेसले एक एक गोल गरे। लिभरपुलका लागि डिभोक ओरिगीले गोल गरेका थिए। खेलको ३८औं मिनेटमा जिमेनेजले गोल गर्दै उल्भरह्याम्प्टनलाई अग्रता दिलाए। दोस्रो हाफअन्तर्गत खेलको ५१औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई १(१ गोलको बराबरीमा पुर्‍याए। तर त्यसको चार मिनेटपछि नै उल्भरह्याम्प्टनले अर्को गोल गर्दै खेललाई जितमा पुर्यायो। नेभेसले ५५ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083