लिभरपुलको कठिन जितमा सलाहको निर्णायक गोल

5.9K
shares

काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले ब्रिगटोनलाई १-० गोलले पराजित गरेको हो । लिभरपुलको जितमा मोहमद सलाहले गोल गरे । सुरुवाती समयदेखि नै दबावमा राखेको लिभरपुलले फराकिलो गोलअन्तरले भने जित हात पार्न सकेन ।

पहिलो हाफमा बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो । लिभरपुलका लागि खेलको ५०औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीबाट गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल लिभरपुलले बिगटोनलाई १-० गोलले पराजित गरेको हो ।

शीर्ष स्थानमा रहेको लिभरपुलले जितपछि २२ खेलबाट ५७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा सात अंकले लिभरपुल अघि रहेको छ । एक खेल कम खेलेको सिटीको ५० अंक रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083