टोटेनहमलाई पराजित गरेपछि म्यान यूले गर्यो आर्सनलको बराबरी
वि.सं.२०७५ पुस ३० सोमवार १४:५१
shares

एजेन्सी । इंग्लिश प्रीमियर लीग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेष्टर यूनाइटेडले टोटेनहम हर्टसरलाई १–० को साँघुरो अन्तरले पराजित गरेको छ । जितसँगै लीगमा म्यान यूले आर्सनलसँग अंक बराबरी गरेको छ । जितसँगै म्यान यूको २२ खेलबाट ४१ अंक भएको छ । गोल अन्तरका कारणले आर्सनल तालिकमा म्यान यूभन्दा आर्सनल अगाडि छ ।
म्यान यू तालिकाको छैटौं स्थामा छ भने आर्सनल पाँचौं स्थानमा छ । निकै प्रतिस्पर्धात्मक खेलमा म्यान यूका मार्कोस शफोर्डले खेलको ४४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको दोस्रो हाफमा दुबै टीमबाट गोलका प्रयास भए पनि थप गोल हुन सकेन । खेलपछि संक्षिप्त प्रक्रिया दिँदै शसफोर्डले खेल निकै कठिन भएको भन्दै आफुहरुले कडा मेहनत गरेको बताए । उनले मेहनतले रिजल्ट पनि राम्रो भएको बताए ।
उनले पोस्ट नजिकै कर्नरबाट बचाउ गरिएकोमा आफुले राम्रो फिनिसिंग गरेको बताए । उनले आफ्नो टीम कुनै पनि टीमलाई पराजित गर्न सक्षम रहेको प्रतिक्रिया दिए । आजै भएको अर्को खेलमा एभरर्टनले ब्राहमाउथलाई पराजित गरेको छ । एभर्टनले यो खेल २–० गोल अन्तरले जितेको हो । एभर्टनका लागि जुमाले ६१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए भने इन्जरी समयको अन्तिममा कल्र्भट लिइनले गोल गर्दै आफ्नो टिमलाई २ –० को अवस्थामा पुर्याए ।




























