बंगलादेशबाट सन्दीपले भने, नेपाली क्रिकेटबारे चिन्ता गर्ने क्रिकेट संघ भएन

3.97K
shares

काठमाडौं । नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले बिग व्यासपछि अझै आत्मविश्वास बढेको बताएका छन् । क्रिकेट वेबसाइट क्रिकबजसँगको कुराकानिमा उनले बिग ब्यास लिग खेलेपछि अझै आत्मविश्वास बढेको बताए । बंगलादेश प्रिमियर लिग खेल्न हालै अस्ट्रेलियामा भइरहेको बिग ब्यास लिग बीचमै छाडेर ढाका फर्केका उनले बंगलादेश प्रिमियर लिग सुरु नहुँदा सम्मको समयको सदुपयोग गरेको बताए  ।

उनले भनेका छन् , ुबंगलादेशमा सुरु नहुँदासम्म खेल्न सक्छु र यता सकिएपछि मात्रै समय हुन्छ भनेको थिएँ । यसैले यता बचेको समयमा हो भने म खेल्छु भनेको थिएँ, भनेको जस्तो नै भयो र दुवैतिर खेल्न पाएँ । त्यसैले बंगलादेशमा सुरु हुनेवित्तिकै यता आएँ। बंगलादेश प्रिमियर लिगमा उनी सेलेट सिक्सर्सबाट खेलिरहेका छन् ।

हङकङमा हङकङ टी–२० बिल्ट्ज क्रिकेट खेल्दै गर्दा माइकल क्लार्कले उनको क्लब टिममा अस्टे«लिया बोलाए पछि खेल जीवनलाई नै मोडिदिएको उनले बताए । उनले नेपाल क्रिकेट संघमाथि आईसीसीले लगाएको प्रतिबन्धका बारे चिन्ता प्रकट गर्दै समस्या समाधान तर्फ अगाडि बढ्नु पर्ने बताए । सन्दिपले भनेका छन्, ुमैले खेल्न थालेदेखि नै आईसीसीको प्रतिबन्धमा छ नेपाल क्रिकेट संघ । किन यस्तो भइरहेको हो अहिलेसम्म पनि थाहा छैन । आशा गरौँ, सबै कुरा छिटै ठीक हुने छ ।

हामीले घरेलु क्रिकेटलाई सुधार गरेर काम गर्न सक्यौँ भने प्रतिस्पर्धा गर्न सक्षम हुने छौँ । नेपाली क्रिकेट क्षेत्रको विकासका लागि क्रिकेट संघ नहुँदा खेलाडी भएर संघको चिन्ता लिनु परेको उनले बताए । संघ हुँदा क्रिकेटसँग नै आधारभूत रुपमा ध्यान बनाइराख्न सजिलो पार्छ नै । अहिले त खेलाडी भएर क्रिकेट संघको चिन्ता लिनु परेको छ, टिमको बारेमा चिन्ता लिनु परेको छ, देशको बारेमा चिन्ता लिनुपरेको छ, अनि म कसरी आफू भइरहने भनेर चिन्ता लिनुपरेको छ । उनले भने


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083