सन्दीपको टिम सिक्सरले आज कोमिलाको सामना गर्दै, सन्दीप टिममा पर्नेबारे आशंका

5.73K
shares

काठमाडौं । बंगलादेश प्रीमियर लीग (बीपीएल)मा मंगलबार नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने रहेको सिल्हेट सिक्सर्सले आफ्नो चौथो खेल खेल्दै छ । सिल्हेटमा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले कोमीला भिक्टोरियन्ससंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

भिक्टोरियन्सविरुद्ध मैदान उत्रदा सन्दीपको टिम सिक्सर्स दोस्रो जितको खोजीमा हुनेछ। यस्तै सिक्सर्स भिक्टोरियन्ससंग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । पहिलो खेलमा सिक्सर्स भिक्टोरियन्ससंग ४ विकेटले पराजित भएको थियो ।

सन्दीपको टिम सिक्सर्स २ अंक जोडेर पाँचौ स्थानमा छ । भिक्टोरियन्स ४ अंक जोडेर चौथो स्थानमा छ । बीपीएलको पछिल्लो दुई खेलमा विकेट बिहीन रहेका सन्दीप प्लेइंग सूचीमा पर्ने नपर्ने संसय छ । डेब्यू खेलमा कोमिलाविरुद्ध नै सन्दीपले दुई विकेट लिएका थिए ।

सन्दीपको पहिचान विश्वक्रिकेटमा विकेट टेकिंग बलरका रुपमा बन्दै गएको अवस्थामा पछिल्ला दुई खेलमा उनी विकेट बिहीन हुनु मंगलबारको खेलमा उनको स्थान बन्छकी बन्दै भन्नेबारे शंका भएको छ । दोस्रो खेलमा उनले विकेट नलिए पनि रन गतिमा भने अंकुश लगाएका थिए । जसको कारण उनको टिमले जित पनि हात पारेको थियो । तर, तेस्रो खेलमा सन्दीपले विकेट त लिएनन् नै रन पनि लुटाए ।

त्यसैले आजको खेलमा आशंका बनाएको हो । एद्यपी सिक्सरको टीममा सन्दीप एकमात्र विश्व स्तरीय लेग स्पीनर भएकाले उनीमाथि क्याप्टेन डेविड वार्नर तथा टीम व्यवस्थापनले विश्वास देखाउन सक्छ । डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए । दोस्रो र तेस्रो खेलमा भने सन्दीप विकेट बिहिन बनेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083